श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल वैशाख ११ गते आइतबार, २४ अप्रिल २०२२ । नलनाम संवत्सर, वैशाख कृष्णपक्षको नवमी तिथि ३ः१० बजेसम्म, उप्रान्त दशमी, नक्षत्र श्रवण १८ः०६ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर सूर्योदय ५ः३० बजे र सूर्यास्त ६ः३३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सानातिना काममा अल्झनु परे पनि बुद्धिको उपयोगले समस्या पहिचान गर्न सकिनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । दिगो फाइदा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला । स्वास्थ्यमा सुधार देखिएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्रा कष्टपूर्ण रहनेछ । अरूको विश्वास गर्दा काम रोकिन सक्छ । अलि सतर्क भएर गर्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । मिहिनेतले आत्मविश्वास बढ्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विशेष अवसरले प्रसन्नता दिलाउनेछ । सहयोगगीहरूको साथले कममा उत्साह जगाउनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुनसक्छ । दिन राम्रो छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आलश्य गर्ने बानीले अलि पछि परिनेछ । आगन्तुकले अलमल्याउने हुँदा काममा विलम्ब हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भौतिक साधन जुट्नाले दिगो फाइदा प्रारम्भ हुनेछ । साहसिक काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चुनौती पन्छाएर काम अघि बढाउन सकिनेछ । व्यापार लगायत आर्थिक लाभ हुने नयाँ योजना हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भविष्यका लागि काममा जग बसाउने मौका छ । रोकिएका काम बन्नाले लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक जीवन सन्तोषजनक हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।