श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल वैशाख १२ गते सोमबार, २५ अप्रिल २०२२ । नलनाम संवत्सर, वैशाख कृष्णपक्षको दशमी तिथि १ः५७ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र धनिष्ठा १७ः२८ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमाराशि मकर, सूर्योदय ५ः३० बजे र सूर्यास्त ६ः३३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्नेछन् । अस्वस्थताले काममा जुट्न बाधा पर्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ ।  सेवामूलक काममा प्रवृत्त भइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धेरै आम्दानी नभए पनि व्यवसाय सामान्य रूपमा चल्नेछ । बिग्रिएको काम दोहोर्याएमा सफल होला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
इच्छा र आकाङ्क्षा पूर्ण होलान् । नजिकका आफन्त र मित्रजनसँग भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सम्पत्ति हराउने वा नष्ट हुने सम्भावना छ । अरूको भर पर्दा धोका पाइनेछ । दिन सामान्य छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
राजनैतिक कार्यमा बाधा उत्पन्न हुने देखिन्छ । सानातिना समयस्यामा अल्झिनु पर्ने अवस्था आउला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
महिला वा मित्रबाट सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी हुने र धन आर्जनका स्रोतहरू पत्ता लाग्नेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मान, प्रतिष्ठा वृद्धि होला । इष्टमित्र एवम् साथीभाइसँग प्रविधिमार्फत् भेटघाट होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
राजनीतिक कार्यमा सफलता मिल्नेछ । घरायसी व्यवहारमा व्यस्त भइएला । दिन सामान्य छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मित्रबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । दिन राम्रो छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मन शान्त रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।