श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल वैशाख १३ गते मङ्गलबार, २६ अप्रिल २०२२ । नलनाम संवत्सर बैशाख कृष्णपक्षको एकादशी तिथि १ः०८ बजेसम्म, उप्रान्त द्वादशी नक्षत्र शतभिषा १७ः१३ बजेसम्म, उप्रान्त पूर्वभाद्र चन्द्रमाराशि कुम्भ सूर्योदय ५ः२९ बजेर सूर्यास्त ६ः३४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
हतारको निर्णयले काम बिग्रनेछ । मत्वाकाङ्क्षी योजनामा आफन्तले बाधा पु¥याउलान् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्ने हुँदा सजग रहनु पर्नेछ । खराब व्यक्तिकासँगले समस्या निम्त्याउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
निर्णायक क्षेत्रमा दुविधा उत्पन्न हुने हुँदा हतारमा निर्णय नलिनुहोला । साइनो गास्नेहरूसँग सावधान रहनुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थितिअनुसार चल्न नसक्दा पछि परिनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला । अध्ययनमा त्यति समय दिन नसकिएला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नियमित काम र व्यवसाय सामान्य अवस्थामै चल्नेछन् । आर्थिक स्थितिमा सुधार आउनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
महत्वाकांक्ष पुरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ । स्वास्थ्य सुधार आउला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा जमिनको कारोबारबाट प्रसस्त लाभ मिल्नेछ । प्रेम सम्बन्धमा सफलता मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सवारी साधन खरिद बिक्री गर्ने योग रहेको छ । पहिलेको सफलताले हौसला जगाउनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । लगनशीलताले लक्ष्यमा पु¥याउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मित्रता र प्रेमको बन्धन कसिनेछ । कामको जग बसाउने समय छ । मन शान्त रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिन सक्छ ।