श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल वैशाख १४ गते बुधबार, २७ अप्रिल २०२२ । नल संवत्सर बैशाख कृष्णपक्षको द्वादशी तिथि ००ः४४ बजेसम्म, उप्रान्त त्रयोदशी नक्षत्र पूर्वभाद्र १७ः२३ बजेसम्म, उप्रान्त उत्तरभाद्र चन्द्रमाराशि कुम्भ सूर्योदय ५ः२८ र सूर्यास्त ६ः३५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरुले हिम्मत दिलाउनेछन् । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुने देखिन्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेम सम्बन्धमा सफलता मिल्नेछ । विभिन्न तिर्थ स्थलहरुको अवलोकन हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शेयर बजारबाट मनग्ये लाभ हुनेछ । पारिवारिक सद्धाव बढ्ने समय देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । रोकिएका कामहरु विस्तारै सम्पादन हुनेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अवसर आएपनि आत्मविश्वासको कमीले पछि परिनेछ । शिरको समस्याले सताउला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभचिन्तकहरुको भावनालाई वेवास्ता गर्दा दुःख पाइनेछ । हडबडीले काम विग्रनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ । अध्ययनमा रुचि बढ्नेछ छैन ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सहयोगीहरुले राम्रो साथ दिनाले चिताएको काम सम्पादन हुनेछन् । दिन राम्रो छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभुति हुनेछ । गोप्य सूचना बाहिरीन सक्छ
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मित्रता र प्रेमको बन्धन कसिनेछ भने कामको जग बसाउने समय छ । मन शान्त रहनेछ ।