श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल वैशाख १८ गते आइतबार, १ मे २०२२ । नलनाम संवत्सर, वैशाख शुक्लपक्षको प्रतिपदा तिथि ३ः४३ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र भरणी २२ः२६ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ५ः२४ बजे र सूर्यास्त ६ः३७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रमाइलो यात्राको सम्भावना छ । यात्राबाट दीर्घकालीन फाइदा पुग्नेछ । दिन राम्रो छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफन्तसँग मनमुटाव बढ्ला । सामान हराउन सक्ने योग हुनाले सचेत रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विशेष ध्यान पु¥याउनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्ला । दिन राम्रो रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । मन प्रसन्न रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मान–सम्मान पाउनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तपाईंको रोकिएको काम पुनःसुचारु हुनेछ । जग्गा–जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दबाव र तनाव बढेको महसुस हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्ने हुनाले अलि सजग रहनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार–व्यवसायका क्षेत्रमा उन्नति, प्रगतिको वातावरण बन्ने योग रहेको छ । दिन राम्रो छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभकार्यको चर्चा चल्नेछ । मनमा शान्ति छाउनेछ । लगानी बढाउने अवसर भने प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिवारको साथ र सहयोगले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पारिवारिक सुख मिल्नेछ ।