श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल वैशाख १९ गते सोमबार, २ मे २०२२ । नलनाम संवत्सर, वैशाख शुक्लपक्षको ंिद्वतीया तिथि ५ः३७ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र कृतिका ००ः४९ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि वृष, सूर्योदय ५ः२४ बजे र सूर्यास्त ६ः३७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेत गर्दा कार्य सिद्धिको समय छ । साँझदेखि आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ । आफन्तको व्यवहारले प्रसन्नता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अस्वस्थताले काममा बाधा पुग्न सक्छ । खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सानो प्रयासले धेरैको भलाई हुनसक्छ । रोकिएका काम सम्पादन हुनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूका काममा धेरै समय अलमलिनु पर्ला । हतारको त्रुटिले काम दोहो¥याउनु पर्ने हुनसक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो लाभांशमाथि अरूले दाबीविरोध गर्न सक्नेछन् । ईष्र्या गर्नेहरूबाट निकै सावधान रहनुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । विशिष्ट व्यक्तिहरू नजिकिनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । दिन राम्रो छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विभिन्न समस्याले खर्च बढ्नेछ । यात्राको पनि योग रहेको देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक कार्यमा मन जानेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टाबाट लाभ मिल्नेछ । श्रमको उचित मूल्य पाइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिश्रमको फल प्राप्त हुनुका साथै आय आर्जनका स्रोत बढ्नेछन् । दिन राम्रो रहेको छ ।