श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल वैशाख २० गते मङ्गलबार, ३ मे २०२२ । नलनाम संवत्सर, वैशाख शुक्लपक्षको द्वितीया तिथि ५ः३७ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र  रोहिणी भोलि ३ः३५ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ५ः२३ बजे र सूर्यास्त ६ः३८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ । आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विभिन्न अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो सहज नरहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमणीय र सुखद्यात्राको योग छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । दिन सामान्य रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वैदेशिक क्षेत्र कमजोर रहेको छ । विवादका कारण अप्ठ्यारो पर्न सक्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन् । रोकिएका काम पुनः सुचारु हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वैदेशिक यात्राको योग रहेको छ । पारिवारिक समस्याले गर्दा मानसिक चिन्ता बढ्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले निकट भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ । पढाइमा रुचि बढ्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । भौतिक साधनहरू प्राप्त हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । परिवारमा केही असमझदारी बढ्न सक्छ ।