श्री शालवाहनीय शाके १९४३ ने.सं.११४२ वि.सं. २०७९ साल साउन २६ गते बिहीबार, ११ अगष्ट २०२२, नलनाम संवत्सर । श्रावण शुक्लपक्षको चतुर्दशी तिथि १०ः४९ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र उत्तराषाढा ०७ः०२ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्याेदय ०५ः३२ बजे र सूर्यास्त ०६ः४५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
साथीभाइ भेटिए पनि विवादले सम्बन्ध कमजोर बनाउन सक्छ। कामको चापबाट फुर्सद पाइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ व्यवसाय थालनी हुनेछ । मनोरञ्जनपूर्ण समय छ । भौतिक साधन जोड्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विवादास्पद जिम्मेवारी आउन सक्छ । अप्ठ्यारा परिस्थिति सुुल्झाएर फाइदा उठाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत बढ्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कीर्तिमानी काम गर्ने समय छ । मन प्रसन्न रहनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक दायित्व बढ्नेछ । लगनशीलताले सफलता दिलाउनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समस्या दर्साउँदा शुभचिन्तकहरूको साथ–सहयोग जुट्नेछ । अरूको प्रभावमा परिने हुँदा गोपनीयता भङ्ग हुन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्ना कमजोरी नखुलाउनु होला । स्थितिमा सुधार आउनुका साथै गुमेको स्थान प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पुरानो समस्या सुल्झनाले विभिन्न अवसर प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
हतारमा काम गर्ने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा पहिलेको सम्झौता भङ्ग हुन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका काम दोहो¥याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नु होला।