श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल साउन २९ गते आइतबार, १४ अगष्ट २०२२, नलनाम संवत्सर । भाद्र कृष्णपक्षको तृतीया तिथि २२ः५५ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र पूर्वभाद्र २२ः१३ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमाराशि कुम्भ, सूर्याेदय ०५ः३३ बजे र सूर्यास्त ०६ः४२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला । परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । सामान्य कामका लागि दौडधुप गर्नु पर्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोपनीयता बाहिरिनाले काम दोहो¥याउनु पर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारबाट पनि राम्रै फाइदा हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
महŒवाकाङ्क्षाले काममा बाधा पु¥याउन सक्ला । अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै फेला पर्नेछन् । सावधानीसाथ काममा जुट्नुहोला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभचिन्तकहरूले भने राम्रै सहयोग गर्नेछन् । सामाजिक कामको जिम्मेवारी बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काममा प्रवृत्त भइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ । थालेको कामकाजबाट धनलाभ हुनेछ ।