श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल साउन ३० गते सोमबार, १५ अगष्ट २०२२, नलनाम संवत्सर । भाद्र कृष्णपक्षको चतुर्थी तिथि २१ः२२ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र उत्तरभाद्र २१ः२५ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्याेदय ०५ः३४ बजे र सूर्यास्त ०६ः४१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लगनशीलताले परिस्थितिलाई बदल्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गरे पनि लक्ष्य प्राप्त गर्न सफल भइनेछ । तीर्थ यात्राको योग रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनु होला । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुनसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समस्या दर्साउँदा सहयोगीहरू भेटिनेछन् । मान्यजनको साथ जुट्नाले काम बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साझेदारीबाट लाभ उठाउन सकिनेछ । परिस्थितिले खर्च बढाए पनि लगनशीलताले फाइदा दिलाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। नाम, दाम र इनाम कमाउने बेला छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । सफलताले हौसला प्रदान गर्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन् । शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ ।