धरान । किरात खम्बुवान साझा पार्टीले चौथो स्थापना दिवस मनाएको छ ।
पार्टीको सुनसरी जिल्ला समितिको आयोजनामा भएको स्थापना दिवस कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष भूपी कोयी राईले दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा पार्टीका नेताहरूले शुभकामना आदान–प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोयीले देशमा निर्वाचन घोषणा भइसकेकाले सबै नेता कार्यकर्तालाई आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुन र पार्टीले उठाउँदै आएका राजनीतिक मुद्दा प्रचार गर्न निर्देशन दिए ।
कार्यक्रममा पार्टीले महŒवपूर्ण विषयमा छलफल गरी निर्णय गर्न सफल भएको पार्टीका उपाध्यक्ष तथा प्रवक्ता देवीबहादुर राईले जानकारी दिए ।