श्री शालवाहनीय शाके १९४३ ने.सं.११४२ वि.सं. २०७९ साल भदौ ११ गते शनिबार, २७ अगष्ट २०२२, नलनाम संवत्सर । भाद्र कृष्णपक्षको औंसी तिथि १४ः०५ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र मघा २०ः४२ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्याेदय ०५ः४० बजे र सूर्यास्त ०६ः२८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला। वचन पूरा गर्न नसक्दा कमजोरीमाथि टिप्पणी हुनसक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विवादास्पद काम गर्नुपरे पनि मिहिनेतले लक्ष्य प्राप्ति हुनसक्छ। शुभचिन्तकहरूको विचार गरेर अघि बढ्नुहोला।
मिथुन (का, कि, कु, घ, ब, छ, के, को, ह)
सेवामूलक कामले आशा जगाउनेछ । योजना गोप्य राखेर अघि बढ्नुभएमा विस्तारै फाइदा हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चुनौती चिर्दै काम बनाउन सकिनेछ । अवसरसँगै चुनौतीसमेत देखापर्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै फेला पर्नेछन् । होसियारीसाथ काममा जुट्नुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शुभचिन्तकहरूले भने राम्रै सहयोग जुटाउनेछन्। सामाजिक कामको जिम्मेवारी बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अध्यात्मभाव जागृत हुनुका साथै धर्म–कर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ । समयको अनुसार चल्न नसक्दा चिताएको काममा ढिलाइ हुननेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लगनशीलताले परिस्थितिलाई बदल्न सकिनेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्न सक्छ । दिन राम्रो रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नयाँ काममा हात हाल्ने समय छ।