भोजपुर । नवौ राष्ट्रिय खेदकुद प्रतियोगिताका लागि भोजपुरबाट छनौट भएका खेलाडीहरुलाई बिदाई गरिएको छ । जिल्लाबाट प्रदेशका लागि छनौट भएका खेलाडीहरुलाई शनिबार बिदाई गरिएको हो ।

बिभिन्न ११ वटा खेलबाट छनौट भएका २ सय ५० जना खेलाडीलाई भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले विभिन्न राजनितिक दलका प्रतिनिधी लगाएतले शुभकामना सहित बिदाई गरेको जिल्ला खेलकुद बिकाश समितीका सदस्य सचिव ग्याल्जेन शेर्पाले बताए ।

सदस्य सचिव शेर्पाका अनुसार उसु , बक्सिङ , एथलेटिक्स , कराते , ब्याडमिन्टन , आर्चरी , हेण्डबल , टेबलटेनिस , बुद्धीचाल , आइटिएफ र ताईकन्दोका खेलाडीलाई बिदाई गरिएको हो ।

खेलाडीको छनौट भदौ २ गते देखि ७ गते सम्म रिमाचुङ एजुकेशन एण्ड स्पोटर्स एकाडेमी भोजपुरका अध्यक्ष पाबिहाङ राईले बताए । छनौट भएका खेलाडीले भदौ २९ गते देखि प्रदेशमा हुने प्रतियोगितमा भाग लिने अध्यक्ष राईले जानकारी दिए ।