धनकुटा । विश्व मुटुरोग दिवशको अवसरमा धनकुटामा रोड रेस १५ किलो मिटर खुल्ला (दौड) प्रतियोगिता हुने भएको छ ।

‘मध्यपान, ध्रुम्रपान त्यागौं, स्वास्थ्य रहौं, मुटु वचाउँ’ भन्ने मुल नाराको साथ आयोजना हुन लागेको रोड रेस १५ किलो मिटर दौड प्रतियोगिता आगामी अशोज १३ गते विश्व मुटु रोग दिवशको अवसरमा धनकुटामा हुने भएको छ । प्रतियोगिता आयोजक पुर्व प्रहरी संस्था धनकुटाले सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार खुल्ला प्रतियोगिता तर्फ प्रथम हुनेलाई ३० हजार, द्धितिय हुनेलाई २० हजार, तेश्रो हुनेलाई १० हजार ,चौथो र पाँचौं हुनेलाई सान्तवन्ना पुरस्कार प्रदान गरिनेछ । त्यसैगरि महिला खुल्ला तर्फ ८ किलोमिटर रोड रेस प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोश्रो हुनेलाई ७ हजार र तेश्रो हुनेलाई ५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा ४० वर्ष माथिका १ जना प्रथम हुने प्रतियोगीलाई पनि पुरस्कार प्रदान गरिनेछ ।

दौड आयोजक पुर्व प्रहरी संस्थाले ०७८ सालमा विश्व मुटु रोग दिवशको अवसरमा पहिलो पटक धनकुटमा ४ किलो मिटर खुल्ला दौड प्रतियोगिता आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । उक्त प्रयिोगितामा ४२ जनाले भाग लिएका थिए । यस पटक भने १ सय भन्दा वढी प्रतियोगीले भाग लिने आयोजक संस्थाले आशा गरेको छ ।

प्रतियोगितामा आयोजक संस्थाले ५५ हजार र वाँकी धनकुटाका स्थानिय तह र सामाजिक संघ संस्थाको सहयोगमा ३ लाख ५० हजार आर्थिक संकलन गरिएको जानकारी दिइएको छ । प्रतियोगितामा १५ वर्ष मुनिकाले भाग लिन पाईने छैन । 

पुर्व प्रहरी संस्था धनकुटाका अध्यक्ष योगेन्द्र कार्कीको अध्यक्षतमा सम्पन्न पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राई, पुर्व प्रहरी संस्थाका अध्यक्ष डम्वर कट्वाल, अन्तराष्ट्रिय धावक डेविट खेवा लगायतले धनकुटा रोड रेस १५ किलो मिटर प्रतियोगिताको उदेश्यको वारेमा प्रकास पारेका थिए ।