विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको विराटनगर बास्केटबल कप प्रतियोगितामा दुईवटा स्कुल विजयी भई दोस्रो चरणमा प्रवेश गरेको छ ।
विराटनगरमा मङ्गलबार भएको खेलमा पुरुषतर्फ पोखरिया स्कुललाई १३ –११ अङ्कले पराजित गर्दै बूढानिलकण्ठ स्कुल विजयी भएको हो । सोही दिन भएको महिलातर्फको दोस्रो खेलमा पनि अरनिको स्कुललाई ४ –२ अङ्कले पराजित गर्दै पोखरिया स्कुल विजयी भएको हो ।
बुधबार पुरुषतर्फका तीन खेलहरू हुनेछन् । पहिलो खेल पोखरिया र बिकेभिएम स्कुलबीच हुनेछ । सोही दिन हुने दोस्रो खेलमा बूढानिलकण्ठ र सगरमाथा स्कुलबीच हुनेछ । तेस्रो खेल बिकेभिएम र बूढानिलकण्ठ स्कुलबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ पोखरिया स्कुल र बूढानिलकण्ठ स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।