विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा शिक्षादीप स्पोटर्स मिट २०७९ सुुरु भएको छ ।

विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरी स्पोटर्स मिट सुरु भएको हो । हप्तादिनसम्म सञ्चालन हुने स्पोटर्स मिटको उद्घाटन कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले गरेका थिए । कलेजका को–अर्डिनेटरद्वय शङ्कर भट्टराई, वसन्त बस्नेत र खेल संयोजक मणि भट्टराईको पनि उपस्थिति रहेको थियो ।

शिक्षादीप कलेजले प्रत्येक वर्ष विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्पोटर्स मिट गर्दै आएको छ । एक हप्तासम्म सञ्चालन हुने स्पोटर्स मिटमा आधा दर्जन बढी खेलहरू समावेश गरिएको छ  ।

कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले स्पोर्ट्स मिटमा भाग लिनेछन् । स्पोटर्स मिटमा पाँच सयभन्दा बढी विद्यार्थीहरू सहभागी हुने कलेजका निर्देशक भूपेन्द्र दाहालले जानकारी दिए । स्पोर्ट्स मिटमा क्रिकेट, फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, दौडलगायतका खेलहरू रहेको छ ।