विजयपुर । सुनसरी जिल्ला जुडो सङ्घले धरानका खेलाडीहरूको ग्रेडिङ गरेको छ ।
शनिबार धरान–१६ स्थित रङ्गशालामा कार्यक्रम गरी सङ्घले धरानका १३ जना खेलाडीहरूलाई ग्रेडिङ गरेको हो । ग्रेडिङ हुनेमा धरानका प्राप्ती राना मगर, प्रयास राई, प्राश्ना राई, अजिरा मगर, नोहेम लिम्बू, रिजन तामाङ, नयन राना मगरले ओरेन्ज बेल्ट प्राप्त गरे ।
यस्तै आस्था राई, सन्देश राई, राहुल भुजेल, दिपिका आचार्जु र दिव्य लिम्बूले यल्लो (पहेँलो) बेल्ट प्राप्त गरेका छन् । उनीहरूलाई प्रशिक्षक रोशनी राईले ग्रेडिङ गरेकी हुन् ।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले प्रमाण–पत्र हस्तान्तरण गरेका थिए । उनले खेलाडीको वृत्ति विकासका लागि सहयोग गर्ने बताए । सुनसरी जुडो सङ्घका प्रतिनिधि रिकेश विश्वकर्माले जुडो खेलको प्रवद्र्धनमा धरानबाट उल्लेखनीय भूमिका खेल्ने बताए ।
कार्यक्रमको व्यवस्थापनमा धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले सहयोग गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य सिर्जना नेपाल, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य जीवन राई, माओवादी केन्द्रका धरान इन्चार्ज फोक्वाहाङ सुब्बा (चोत्लुङ) लगायतको उपस्थिति रहेको थियो ।