विजयपुर । विश्वकर्मा कल्याण सेवा समिति धरान वडा नं. ८ को कार्य समितिको अध्यक्षमा शिवराम विश्वकर्मा चयन भएका छन् ।

शुक्रबार धरान–८ स्थित परिवार सेवा समाजको हलमा सम्पन्न पहिलो अधिवेशनले विश्वकर्माको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मोहन गहतराज, सचिवमा मीना गजमेर, सह–सचिव सोनिया लोहनी  र कोषाध्यक्षामा सम्झना घिमिरे चयन भएका हुन् । 

कार्यसमितिको सदस्यहरूमा खेमराज बराइली, राजकुमार गजमेर, तारा ल्वागुन र पञ्चकन्या खाती चयन भएका छन् । कोषाध्यक्ष रेणुका विश्वकर्माले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् भने सचिव बलिन्द्र बराइलीले साङ्गठनिक प्रतिवेदन पेश गरेका थिए । हेम सिलवालको अध्यक्षमा सम्पन्न समितिको अधिवेशनमा आर्थिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदन बहुमतले पारित भएको थियो । अधिवेशनमा केन्द्रीय समितिका अध्यक्ष लालबहादुर सेन्चुरी, सल्लाहकार लीला शङ्करलगायतको उपस्थिति रहेको थियो ।