विराटनगर । पत्रकार कल्याण कोष मोरङले दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

नेपाल पत्रकार महासङ्घ मोरङका पूर्वअध्यक्ष विक्रम निरौला र पत्रकार उषा सरदारलाई सोमबार एक कार्यक्रमबीच कोषले पुरस्कृत गरेको हो ।

सिर्जनशील पत्रकारिता पुरस्कारबाट निरौलालाई सम्मान गरिएको छ । उनलाई ५१ हजार १ सय ५१ रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ ।

यस्तै उदयीमान पत्रकारिता पुरस्कारबाट सरदारलाई पुरस्कृत गरिएको छ । उनलाई ३१ हजार १ सय ५१ रुपैयाँ पुरस्कारले सम्मान गरिएको छ । सरदार मकालु टिभीकी संवाददाता हुन् । पुरस्कृत दुवै जनालाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले कदर–पत्र र दोसल्ला ओढाएर सम्मान गरे । कोषले हरेक वर्ष मोरङका सक्रिय पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।