बराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–२ स्थित चतरा अस्पतालले स्वर्ण जयन्ती मनाएको छ ।

बुधबार आयोजित स्वर्ण जयन्तीको अवसरमा बोल्दै स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले वराहक्षेत्र–२ देशकै पहिलो पूर्ण स्वास्थ्य बिमायुक्त वडा घोषणा गराउन सफल भएको भन्दै अस्पतालको प्रशंसा गरे । अध्यक्ष बसौलाले नगरपालिकाले स्थानीय स्वास्थ्य ऐन बनाएर विपन्न जनताको स्वास्थ्यको ग्यारेन्टी गर्नुपर्ने बताए । नगरपालिकाले कुनै पनि सरकारी सेवा लिनका लागि अनिवार्य स्वास्थ्य बिमा गराएको हुनुपर्ने कानून ल्याए कोही पनि स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि वराहक्षेत्रका नगरप्रमुख रमेश कार्कीले नगरवासीको स्वास्थ्य, शिक्षामा र पूर्ण सुशासनको लागि दृढ भएको भन्दै स्थानीय सरकारलाई नगरवासीले रचनात्मक आलोचना एवम् सल्लाह सुझाव दिन आग्रह गरे । वराहक्षेत्र–२ गतवर्ष देशको पहिलो पूर्ण स्वास्थ्य बिमा भएको वडा घोषणा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि बसौला, विशिष्ट अतिथिद्वय मेयर कार्की, उपप्रमुख नन्दकुमारी सुनुवारले चतरा अस्पताललाई ६ लाख रुपैयाँ बराबरको उपकरण दिएर नियमित सहयोग गर्ने चन्दादाता चक्रघट्टीस्थित न्यू सङ्गीता मेडिकल हलका प्रमुख सुरेन्द्रकुमार गुप्तालाई दोसल्ला ओढाएर सम्मान गरे ।

यसैगरी निमित्त कार्यालय प्रमुख योगेन्द्र कट्टेललाई नगद २० हजार, कर्मचारीद्वय मेनुकला राई र विकास सुनुवार लाई जनही १५ हजार, डा. सुरज थापा मगर, बिमा कर्मचारी नगिना बानियाँ र सदिना विष्टलाई १० हजार, कुलानन्द अभिलाषी, वर्षा सावाँ, ल्याव प्रमुख सविना राई, कार्यालय सहयोगी दीपक गिरी र जगत बस्नेत, मातृ शिशु तथा प्रसूति विभागलाई जनही ५ हजार रुपैयाँ तथा प्रमाण–पत्रले सम्मान गरियो ।

कार्यक्रममा स्वास्थ्य बिमा कार्यक्रममा सहयोग गर्ने बिमा बोर्डका सुवासकुमार लम्साललगायत दुई दर्जनभन्दा बढीलाई सम्मान गरियो । अस्पतालका कार्यकारी निर्देशक डा. अनिल गिरी र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. अञ्जु थापाले अस्पतालको परोपकार कोषलाई १० लाख चन्दा सहयोग प्रदान गरेका थिए । कार्यक्रमका वडा नं. २ का अध्यक्ष होमप्रसाद गौतमले दुर्गम तथा स्थानीयको स्वास्थ्य उपचार गर्ने महŒवपूर्ण स्वास्थ्यसंस्था चतरा अस्पतालको विकास र निर्माणाधीन १५ शøयाको अस्पतालको काम तुरुन्त सुचारु गर्नुपर्ने माग गरे ।