भद्रपुर । मेची भन्सार कार्यालयले बन्द गराएर एसियन हाइवेमा राखेको ढाट गएराति  सवारीसाधनले भत्काएको छ ।

वुधबार मध्यराति मेचीनगर नगरपालिका वडा नं.६ मा भारतबाट नेपालतर्फ आउँदै गरेका चालकले मदिरा सेवन गरी चलाई ल्याएको बीआर २६ जिए ९५ ३७ नम्बरको बोलेरो पिकअप गाडीले बन्द भन्सार गेटलाई ठक्कर दिई भत्काएको हो ।

भत्काएर पश्चिमतर्फ भागेको उक्त बोलेरो पिकअप गाडीलाई ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

गाडी र चालक भारत नयाँ टोल साबनीमा पटना बस्ने अन्दाजी २६ वर्षका जयशङ्कर कुमारलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्लाका डिएसपी रिजालले बताए । मेची भन्सार कार्यालयले एसियन हाइवे बन्द गरी त्यसको उत्तरपट्टी चेकजाँचको व्यवस्था मिलाएको छ ।