प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालका  अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आज शिष्टाचार भेट गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको उनहरुबीचको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसैबीच, प्रधानसेनापति शर्माले  सहायकरथीबाट उपरथीमा बढुवा भएका सुदर्शन सिल्वाललाई दज्र्यानी चिह्न प्रदान गरे ।

मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय अनुरुप उपरथीमा बढुवा भएका सिल्वाललाई सैनिक मुख्यालयले सैनिक इन्टेलिजेन्स महानिर्देशकको जिम्मेवारी दिएको छ । महारथी शर्माले प्रमुख सेनानीबाट पदोन्नती भएका तीन महासेनानीलाई पनि दज्र्यानी चिन्ह प्रदान गरेकाे निर्देशनालयले जनाएको छ ।