देउराली। इटहरीको एक पुस्तक पसलमा नक्कली नोट भेटिएको छ । उपमहानगरको ४ नम्बर वडा स्थित आइतबारेमा रहेको विवेक पुस्तक पसलमा नेपाली रु ५ सयको नक्कली नोट फेला परेको पुस्तक पसल सञ्चालक कुमार गिरीले बताएका छन् ।
उनले शुक्रबार पसलमा भिडभाड अत्यधिक बढेको कसले नक्कली नोट दियो भन्ने यकिन नभएको बताए । उनले भने " पसलमा भिडभाड थियो कसले दियो भन्ने यकिनै भएन । केही समयपछि अर्का एक ग्राहकलाई मैले फिर्ता दिँदा नक्कली नोट भएको खुल्यो । "
उनले ग्राहकलाई फिर्ता दिएपछि ग्राहकले सब्जी किन्न जाँदा नक्कली भनेर फर्काइदिएपछि ध्यान दिएर हेर्दा, केही छोटो, रिवन लाइन पनि टासेको इम्बस चित्र समेत नदेखिएको बताए ।
उनले नक्कली नोट फेला पारेसँगै इलाका प्रहरी कार्यालय इटहरीलाई जानकारी गराएको र कार्यालयबाट पसलमा अरू पनि त्यस्ता नोटहरू भए नभएको यकिन गर्न भने पनि अन्य नोट भने हालसम्म नभेटिएको बताए ।
केही दिन अघि धरान १२ स्थित चतरा लाइनको मासु पसलमा १ हजार रुपैयाँको नक्कली नेपाली नोट भेटिएको थियो ।