विराटनगर । टेलिभिजन चोरी गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ परेका छन् ।  मोरङ बुढीगंगा गाउँपालिका ४ नेमुवा स्थित नविन डिस्ट्रिव्युटर्स प्रा. लिको टिभी चोरी आरोपमा दुई जनालाई पक्राउ गरको हो । 

चोरी आरोपमा मोरङ प्रहरीले बुढीगंगा गाउँपालिका  ४ का २९ वर्षीया कोशन ऋषिदेव र सोही ठाउँका १९ वर्षीया सन्दिप कुमार ऋषिदेवलाई बुधबार पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । उनीहरुले चैत २८ गते  राती १०ः४० बजे नविन डिस्ट्रिव्युटर्स प्रा. लिको गोदामको झ्यालको रड काटी भित्र प्रवेश गरी २१ थान हिनेस कम्पनीको ३९ ईन्चको टिभी चोरी गरेको आरोप छ ।