देउराली । इटहरी ९ आवास टोल स्थित सिता भुसालको घरमा चोरी भएको छ ।
मंगलबार घरका कोही नभएको बेला भुसालको घरमा चोरी भएको हो । भुसालका अनुसार उनको घरबाट एक–एक तोलाको २ वटा सुनको ब्रास्लेट, ४३ इन्चको एलसिडी, १० वटा चैनपुरे बुटुका, १० वटा चैनपुरे थाल, ल्यापटप, नबिक बैकको चेक र ८३ हजार नगद चोरी भएको छ ।
घरमा कोही नभएको बेला घरको ठोका फुटाएर चोरी भएको देखिएको वडाध्यक्ष जितेन्द्र थापाले बताएका छन् । उनका भने " कोही नभएको माकैमा चोर भएको बुझियो । चिनजानकै मान्छेले होकी भन्ने शङ्का गर्न सकिन्छ ।"
भुसालले भनिन् " ढोकाको ताला फुटाएर चोरी भएको रहेछ । ताला फुटाएको अवस्थामा छिमेकीले देखेपछि मलाइ फोन गर्नु भयो । त्यसपछि मैले प्रहरीलाई खबर गरेर जानकारी गराएको थिए । "
मंगलबार चोरी भए पनि बिहीबार भुसाल इटहरी आएपछि प्रहरी र जनप्रतिनिधिले घरको निरीक्षण गरेका थिए । घर भित्र चोरीका लागि प्रयोग भएका सामग्री फेला परेको भन्दै इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान र गस्तीलाई तीव्रता दिएको बताएको छ ।
५ लाख बराबरकाे चाेरी भएकाे हुनुक्ने प्रहरीकाे अनुमान छ ।