भद्रपुर । अवैधरूपमा लाँदै गरेको सखुवाको काठसहित एउटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार दिउँसो २ बजेको समयमा कमल गाउँपालिका–६ दहीचोकस्थित भित्री सडक–खण्डमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको सादा पोसाकको टोलीले रोकिराखेको को.१ त ७९६८ नं. को ट्याक्टरलाई शङ्का लागेर चेकजाँच गर्दा उक्त ट्याक्टरमा सखुवा जातको ५४.३२ क्यु. फिट अवैध काठ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
काठको २ लाख ७० हजार र ट्याक्टरको ८ लाख गरी जम्मा १० लाख ७० हजार बराबरको सामान डिभिजन वन कार्यालय भद्रपुरमा बुझाइएको जिल्लाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।