देउराली । धरान ५ मा पीडितलाई खैरेनी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले साह सहयोग प्रदान गरेको छ ।
वैशाख २९ गते खैरेनी स्थित बीबीके एग्रिकल्चरमा फार्म प्रालीमा आगलागी भएको थियो । भीम राज लिम्बूले सञ्चालन गरेको उक्त फार्ममा आगलागीका कारण करिब ८ सय कुखुरा जलेर नष्ट भएका थिए । खानेपानी समितिका सचिव राजन तामाङका अनुसार समितिले फर्म सञ्चालक लिम्बुलाई तीस हजार नगद सहयोग गरेको हो । सहयोग रकम समितिकी कोषाध्यक्षले लिम्बुलाई हस्तान्तरण गरेकी छन् ।
'ठुलो क्षति भएको ठाउँमा सानो सहयोगले ठुलै सहयोग मिल्छ भन्ने लागेर समितिले सहयोग गरेको छ ।' सचिव तामाङले भने 'वहाँको ठुलो क्षति भएको छ ।' लिम्बूले आगलागीका कारण १८ लाख बाबरको क्षति भएको बताए । उनले भने बिक्रीका लागी तयार भएको कुखुरा सबै मरे फर्म पनि जलेको नष्ट भयो । लिम्बूले सञ्चालन गरेको फर्ममा कुखुरासंगै माछा र बङ्गुर पालन गर्दै आएका छन् ।