विजयपुर । धरानमा लागूऔषध न्यूनीकरणसम्बन्धी जनेचतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
धरान–१५ स्थित शिक्षा सदन माविमा शुक्रबार कार्यक्रम भएको हो । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौँ र इलाका प्रहरी कार्यालय धरानको संयुक्त आयोजनामा विद्यार्थीलक्षित जनचेतनामूलक कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर सागर श्रेष्ठले जानकारी दिए । उनका अनुसार कार्यक्रमको सहजीकरण कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी चक्रराज जोशीले गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुनसरी प्रमुख हुमकला पाण्डे, धरानका नगरप्रमुख हर्कराज राई, प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, कोशी प्रदेश कार्यालय, प्रदेश प्रहरी कार्यालय धरानका एसपी भीम दाहाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा धरानका सामुदायिक तथा संस्थागत गरी ५ विद्यालयका ३ सय विद्यार्थीहरू सहभागी रहेका थिए ।