धरान । अत्यधिक गर्मीका कारण झापाको दमक नगरपालिकामा आइतबार दिउँसो एक वृद्धको ज्यान गएको छ ।

पछिल्लो केही दिनयता तराईका जिल्लामा ‘लू’ चलिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले ‘लू’ बाट बच्नका लागि सतर्कता अपनाउन अनुरोध गरिरहेका बेला वृद्धको ज्यान गएको हो । दमक नगरपालिका–८ का ७८ वर्षीय मोतीराज राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार घाँस काट्न मकैबारी गएका उनी गर्मीका कारणले ढलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।