धरान । धरान १४ नम्बर वडा कार्यालयको आयोजनामा वडामा रहेका बेरोजगार युवाहरूलाई सीपमूलक तालिम सञ्चालन गरिएको छ ।
युवाहरूलाई हाउस वायरिङसम्बन्धी प्रथम तहको तालिम दिइरहेको हो । वडाका २० जना युवाहरूलाई सिटिइभिटीबाट मान्यताप्राप्त प्रशिक्षकबाट तालिम दिइरहेको आयोजकले जनाएको छ ।
तालिमको संयोजक दुर्गा विक छन् भने प्रशिक्षक गिरिराज पौडेल रहेका छन् । तालिम लिइरहेका ओम प्रकास पाँचकोटीले तालिमले रोजगारी सिर्जना गर्नेमा विश्वस्त रहेको बताए । तालिम यही जेठ १० गतेबाट सुरु भई ३० गतेसम्म सञ्चालन हुने संयोजक विकले जानकारी दिए ।

