उर्लाबारी । उर्लाबारी– ३ मङ्गलबारेमा बसको ठक्करबाट एकको ज्यान गएपछि स्थानीयले बसमा आगजनी गरेका छन्।

बिहीबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१ -०१-०१३ प २९० नम्बरको स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो । ठक्करबाट स्कुटरमा सवार कमल गाउँपालिका-२ का ३४ वर्षीय पवन सुवेदीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट सुवेदीको मृत्यु भएपछि आक्रोशमा आएका स्थानीयले उक्त बसमा आगजनी गरेका हुन् । उर्लाबारी नगरपालिकाको दमकलको सहयोगमा करिब १५ मिनेटको समयमा उक्त आगो नियन्त्रणमा लिएको छ।

मृतकको शव मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखिएको प्रहरीले जनाएको छ ।

accident-phoot