विजयपुर । दोस्रो ओपन धरान स्नुकर च्याम्पियनसिप २०८० को उपाधि बालकुमार लिम्बूले जितेका छन् ।

बिहीबार धरान–१९ मा सम्पन्न च्याम्पियनसिपमा विजेता लिम्बुले ३५ हजार नगदसहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरेको सभापति आकाश थापा मगरले जानकारी दिए ।

च्याम्पियनसिपमा उपविजेता वीरे लिम्बू हुँदै नगद २० हजार रुपैयाँ प्राप्त गरेको कार्यक्रम संयोजक किरण श्रेष्ठले जानकारी दिए । च्याम्पियनसिपमा सेमिफाइनलिष्ट सरोज राई र सूर्य लिम्बू भए ।  उनीहरूले नगद ५ हजारसहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरे । च्याम्पियनसिपका बेस्ट प्लेयर उत्सव लिम्बूले नगद ५ हजारसहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरे । राइजिङ प्लेयर विवेश लिम्बूले ५ हजारसहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरे ।

च्याम्पियनसिपमा हाई स्कोरर ब्रेक ५४ गणेश गुरुङले नगदसहित ट्रफी पाए । धरान–१९ को बेस्ट स्कोनर हाउसको आयोजनामा सम्पन्न प्रतियोगितामा धरान–१९ कार्यवाहक अध्यक्ष लोकेन्द्र राई, धरान–१६ का अध्यक्ष मुरारी भट्टराईले पुरस्कार वितरण गरे ।

कार्यक्रमका अतिथिहरू २००० एडीका सञ्चालक तथा पूर्व अञ्चल विजेता भक्त लिम्बू, रविन सुब्बा गुरुङ, सुरज कार्की, राम कार्की, सरोज कार्की, धरान–१९ का वडासदस्य जसरथ सुब्बा, झुमादेवी गुरुङलगायतको उपस्थिति रहेको उत्तम तामाङले जानकारी दिए ।