धरान । प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट सुनसरीको इटहरीमा एक साइकलयात्रीको मृत्यु भएको छ ।
प्रहरीले चलाएको प्रदेश १–०२–०४९ प ०८३ नम्बरको मोटरसाइकलले साइकलयात्री सुनसरी इटहरी उपमहानगरपालिका–११ का ६० वर्षीय भरत दाहालको ज्यान गएको हो । सडक पार गर्ने क्रममा इटहरी–१२ मा उनलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर बनेका उनलाई तत्काल उपचारका लागि मोरङ विराटनगरस्थित विराट नर्सिङ होममा लगिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो ।
मोटरसाइकल चालक सुनसरीको रामधुनी–७ का २२ वर्षीय विशान सुन्दासलाई नियन्त्रणमा लिइएको छ । उनी नेपाल प्रहरीका जवान रहेको र हाल दुहबीस्थित नेपाली प्रहरी विशेष सुरक्षा गणमा कार्यरत रहेका छन् ।