विराटनगर । जिल्ला कारागार मोरङमा एक जना बन्दीको मृत्यु भएको छ ।
पुर्पक्षका लागि थुनामा रहेका मोरङको पथरीशनिश्चरे नगरपालिका–३ घर भएका ६८ वर्षीय दलबहादुर दमाईको मृत्यु भएको हो ।
दमाई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा थिए । जेलर कृष्ण खड्काका अनुसार बिरामी परेका उनलाई बिहीबार कोशी अस्पताल लगिएको थियो । अस्पतालले बिहान करिब १० बजे मृत घोषित गरेको थियो ।