धरान । डेङ्गु फैलिएका वडालाई लक्षित गरी जोखिममा परेका परिवारलाई राहत वितरण गरिएको छ ।

अति जोखिममा परेका अपाङ्ग, एकल महिला, मजदुर अभिभावकविहीन बालबालिका टेवा धापाखेलको सहयोग, गृहश्रमिक महिला ढाका लघु उद्यमी समाज नेपाल र सामुदायिक सुरक्षा जालोको आयोजनामा पीडितहरूलाई खाद्यान्न, नुन, तेल, दाल लगायतका सामग्री वितरण गरिएको छ । धरान–३, ४, ५, १४ र १५ का गरी जम्मा ६० घरधुरीलाई २५ केजीका दरले चामल वितरण गरिएको छ ।