धरान । धरानमा डेङ्गु सङ्क्रमणका कारण ज्यान गुमाउनको सङ्ख्या १३ पुगेको छ । जसमा दुई जना बालबालिका पनि छन् ।

धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार शनिबार थप एकजनाको ज्यान गएको हो । धरान १८ की ८१ वर्षीया महिलाको ज्यान गएको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । हालसम्म सात महिला र छ जना पुरुषको ज्यान गइसकेको उनले जानकारी दिए ।

धरानमा हालसम्म २० हजार पाँच सय ९८ जनाको परीक्षण गर्दा १४ हजार सात सय ५८ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । अहिले पनि करिब ७२ प्रतिशतमा डेङ्गु सङ्क्रमण देखिँदै आएको छ ।