बराहक्षेत्र। चतरा कोशी नदिको कोसी पुलबाट १० दिन अगाडिदेखि वेपत्ता  डाक्टरको शव भेटिएको छ । 

भदौ १० गते आइतबार नदिमा डुबेर आत्महत्या गरेका दमक नगरपालिका वार्ड १ घर भएका ३२ बर्षिय डाक्टर प्रज्वल कोइरालाको शव बराहक्षेत्र नगरपालिका वार्ड २ को तेरह आरडिस्थित कोशी नदिको किनारमा मंगलबार साँझ साढे ५ बजे भेटिएको उदयपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपि हरि नन्दन चौधरीले जानकारी दिएका छन् ।

मृतकका वुवा दिवाकार कोइरालाले पहिचान गरेका छन्, पोस्ट्मार्टमको लागि शव बिपि क्याम्प धरान पठाइएको छ ।

नदिमा हाम फाल्नु अघि डाक्टर कोइरालाले चुरोट खाएर पुलमा ओहोरदोहोर गरेको त्यँहास्थित सिसि टिभि क्यामेरामा देखिएको छ, भने उनी कुदेको हो होइन भन्ने कुरा उनी क्यामेराको रेन्जबाट पर गएको हुनाले प्रष्ट नभएको डिएसपी चौधरीले बताए  ।

घटनाको बिषयमा अनुसन्धान थालिएको छ, भने सामाजिक संजालमा आए जस्तो आत्महत्या गर्नुअघी  कोइरालाले प्रेमिकासँग पुलमा कुरा गरिएको सिसिटिवि फुटेजमा नदेखिएको उनी मात्र एक्लो भएको चौधरीले बताएका छन् ।आत्महत्या गर्नु अघि डाक्टर कोइरालाले पुलमा उनले प्रयोग गरेको निजि कार, मोबाइल र जुत्ता छोडेका थिए ।