धरान । क्यूएफएक्स सिनेमाजले पूर्वी नेपालको व्यापारिक केन्द्र इटहरीमा पनि आफ्नो ब्रान्ड विस्तार गरेको छ ।
क्यूएफएक्स सिनेमाज र आरएस सिनेप्mिलक्सको सहकार्यमा बिहीबारबाट ‘क्यूएफएक्स सिनेफ्लिक्स’ सञ्चालनमा आएको हो । यो क्युएफएक्सको १२ औं र उपत्यकाबाहिर सातौँ हल हो । कोशी प्रदेशमा विराटनगर र झापापछि इटहरीमा क्यूएफएक्स सञ्चालनमा आएको हो । इटहरी चोकस्थित सिटी प्लाजाको पाँचौं तलामा सुरु भएको यो फिल्म हलमा दुईवटा स्क्रिन रहेका छन् ।
श्रेष्ठ इन्टरटेन्मेन्ट एन्ड हस्पिटालिटी प्रा.लि.को लगानी रहेको यो हलमा टिम क्वेष्ट प्रा.लि.ले व्यवस्थापन गर्ने बताइएको छ । यसअघि श्रेष्ठ इन्टरटेन्मेन्टले सिनेफ्लिक्स नाममा फिल्म हल सञ्चालन गरेको थियो । सोही ठाउँमा आधुनिक प्रविधिसहित क्यूएफएक्सको सहकार्यमा हल सञ्चालन भएको हो ।
आरएस सिनेफ्लिक्सका प्रबन्ध निर्देशक सिद्धार्थ श्रेष्ठ क्यूएफएक्ससँगको सहकार्यले इटहरीबासीले मात्र नभई यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकहरूले समेत स्तरीय सेवा सुविधासहित फिल्म हेर्न पाउने बताउँछन् । क्यूएफएक्सले इटहरी चेनमा आफ्नो मोबाइल एप र लोयल्टी प्रोग्राममा पनि राखेको जनाएको छ । अनलाइन टिकेटिङको पनि व्यवस्था रहेको बताइएको छ ।