पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि फाल्गुनन्द गाउँपालिकाले हात पारेको छ ।

फाल्गुनन्दले आयोजक माइती नेपाललाई हराउँदै उपाधि हात पारेको हो । फाल्गुनन्दले आयोजकलाई २५–२३, २५–१९ र २५–१९ को अन्तरले हराउँदै उपाधि हात पारेकोे थियो । उपाधिसँगै फाल्गुनन्दले नगद ३० हजार ५५ रुपैयाँ ट्रफी, मेडल र प्रमाण–पत्र हात पारेको छ ।

उपविजेतामा चित्त बुझाएको आयोजकले नगद २० हजार ५५ रुपैयाँ ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगिताको तेस्रो उपाधि अर्थे युवा क्लब सिवा फिदिमले हात पारेको छ । उसले नगद १० हजार ५५ रुपैयाँ ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको थियो ।

प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो पुरस्कार कुम्मायक गाउँपालिका अध्यक्ष बमप्रसाद लावती, कुम्मायक–२ का वडाध्यक्ष बालकृष्ण शेर्माले हस्तान्तरण गरेका थिए । बुधबार कुम्मायक–२ को गैरीगाउँ खेलमैदानमा प्रतियोगिता भएको थियो । प्रतियोगिताको तेस्रो उपाधिको लागि त्रिवेणी युवा क्लब वसाँगु र अर्थे युवा क्लब भिडेका थिए । अर्थे युवा क्लब फिदिमले त्रिवेणीका लागि २५–१४, २५–१७ र २५–१८ को जित निकालेको थियो ।

चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा फिदिम नगरपालिका, तुम्बेवा र फाल्गुनन्दसहित १४ टिम सहभागी थिए । प्रतियोगिता माइती नेपाल स्पोर्टिङ क्लब माङ्जाबुङले आयोजना गरेको हो ।