चतरा नहरमा आयोजना भएको स्टोन स्किपिङ (पानी सुल्के) प्रतियोगितामा स्थानीय युवा राहुल लिम्बू विजयी बनेका छन् ।


पहिलो राउण्डमा छनोट भएर दोस्रो राउण्ड प्रवेश गरेका उनले २३-२२-१४ स्किप गर्दै ५९ अङ्क बटुलेर प्रथम बने । उनले ५९ स्किप गर्दा १ सय ५० मिटर अधिकत्तम स्किम गरे ।  दोस्रो बनेका राजेन्द्र कार्कीले तीन स्किपमा ३० अङ्क बटुल्दा तेस्रो स्थानका लक्ष्मण कट्वालले २८ अङ्क जोडे ।

विजेताले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । विजयी प्रतिस्पर्धीलाई वडाध्यक्ष किसन थापाले पुरस्कार वितरण गरे ।

नेपालमै पहिलो पटक चतरा नहरमा प्रतियोगितात्मक आयोजना  गरिएको 'डक्स एण्ड ड्रेक्स' समेत भनिने स्टोन स्किपिङ जसलाई स्थानीय युवाले 'पानी सुल्के' नामाकरण गरी आयोजना गरेका छन् । चतरा हाइकिङ ग्रुपको आयोजनामा मंगलबार  वराहक्षेत्र १ स्थित चतरा नहरमा आयोजना गरिएको प्रतियोगितामा ७५ प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।

#stoneskippinginNepal 
#StoneSkipping