नेपाली कला, संस्कृति र पर्यटनकाे हङकङमा प्रवर्द्धन गरिएकाे छ ।

हङकङ सरकारद्वारा आयाेजीत सांस्कृतिक तथा पर्यटन सम्बन्धि प्रदर्शनीमा नेपाली महावाणिज्यदूतावासकाे संयाेजनमा  नेपाली समुदायका व्यवसायीहरुले नेपालकाे पर्यटन प्रवर्द्धन गरेका हुन् । शुक्रबार देखि तीनदिनसम्म सञ्चालन भएकाे प्रदर्शनीमा नेपाली हस्तकलाका सामग्रीका साथै ट्राभल एजेन्सी तथा नेपाल एयरलाइन्सका स्टल राखेर चिनियाँ तथा विभिन्न देशका पर्यटकमाझ नेपालकाे कला तथा पर्टनकाे प्रचार गरिएकाे एनआरएनए हङकङका अध्यक्ष गाेकर्ण ढकालले जानकारी दिए ।

Messenger_creation_8a826c26-cdf5-4a1e-a920-8732b8e6a72d

कार्यक्रममा बुद्भ धर्म तथा पर्यटकीय स्थलहरु बारे पनि प्रचार गरिएकाे पर्यटन व्यवसायी ईन्दर पुनले जानकारी दिए । उनका अनुसार पर्यटकहरुले नेपालकाे कला संस्कृति बारे चासाे देखाएका थिए ।

एक्स्पोको अवसरमा ट्राभल एजेन्सीहरुले विभिन्न अफर समेत ल्याएर नेपालमा पर्यटनको प्रवर्द्धन गरेका थिए । यो प्रदर्शनीले नेपालको पर्यटन तथा कला र संस्कृतिको ठूलो प्रवर्द्धन भएको नेपाल एयरलायन्स हङकङका म्यानेजर विजय अधिकारीले बताए ।

हङकङका व्यवसायी टंक रानाले हङकङ सरकारले आयोजना गरेको यस्तो प्रदर्शनीले नेपाली कला संस्कृतिलाई संसारभरका पर्यटनकर्मी माझ परिचित गराउने अवसर मिलेको बताए ।

हङकङका लागि नेपाली महावाणिज्यदुत उदय राना मगरले यस्ता कार्यक्रमले नेपाली कला संस्कृति र पर्यटनको प्रवद्र्धनमा महत्वपूणर् भूमिका खेल्ने बताए ।