पाल्पा श्रीनगर समाज हङकङकाे आयाेजनामा पाल्पा सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएकाे छ ।

आईतबार याउ मा तेई कम्युनिटी हलमा आयाेजीत कार्यक्रममा लाेक दाेहाेरी प्रतिष्ठानकी अध्यक्ष तथा गायिका रीता थापा मगर, वरिष्ठ लाेक गायक नारायण रायमाझी, गायक शिरीष देवकाेटा, गायिका बिमा सारु मगर लगायतले गीत प्रस्तुत गरे भने अभिनेता धीरेन शाक्यले स्थानीय कलाकार माया थापासँग नृत्य प्रस्तुत गरे । कार्यक्रममा संयुक्त डान्स स्टुडियाेका कलाकारहरुले पनि नृत्य प्रस्तुत गरेका थिए ।

IMG_20240624_092632

IMG_20240624_095043

समाजका अध्यक्ष पुर्ण दर्लामी मगरकाे सभापतित्व तथा समाजका संस्थापक अध्यक्ष गणेश जंग रानाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ, एनआरएनए हङकङका अध्यक्ष गाेकर्ण ढकाल लगायतका विशेष अतिथिहरु रहेका थिए ।

IMG_20240624_092717

IMG_20240624_092737

IMG_20240624_092655