धरान उपमहानगरपालिका वडा नं.८ घर भई हाल हङकङमा रहेकाहरुकाे संस्था धरान-८ समाज हङकङकाे अध्यक्षमा खड्गजीत लिम्बु चयन भएका छन् ।

IMG_20240630_214933

आईतबार हङकङमा आयाेजीत समाजकाे छैठौं अधिवेशनले लिम्बुकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा जीवन लिम्बू, सचिवमा भीम राई, सह-सचिवमा नगेन लिम्बू, काेषाध्यक्षमा मणि देवान र सह-काेषाध्यक्षमा हाेमराज (शान्ता) लिम्बु चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा शम्भु पाख्रिन, दिलकुमारी लिम्बू, विकास लिम्बू, सन्जेस राई, पुष्प राई, अमित राई र माैसम तामाङ चयन भएका छन् ।

समाजका निवर्तमान अध्यक्ष निरबहादुर श्रेष्ठकाे सभाअध्यक्षता र पुर्व अध्यक्ष खड्ग मावाेकाे प्रमुख आतिथ्यतामा भएकाे अधिवेसनमा पुर्व अध्यक्ष विष्णु पाख्रिन, पत्रकारहरु जगत अम्बु गुरुङ, देवमान लिम्बू, समाजसेवी चन्द्र लिम्बू लगायत विशेष अतिथि रहेका थिए ।