हङकङमा रहेका तमू (गुरुङ)हरुको संस्था तमू ट्हो ह्युल हङकङको अध्यक्षमा स्याङ्जाका ईश्वर गुरुङ चयन भएका छन् ।

आईतबार हङकङको जोर्डन स्थित ब्लुओसन रेष्टुरेन्टमा भएको अधिवेसनबाट उनी अध्यक्षमा चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा रमण गुरुङ (भोजपुर), कविता गुरुङ (कास्की), सचिवमा तिलक गुरुङ (पर्वत), राजापती गुरुङ (कास्की र कोषाध्यक्षमा मिलन गुरुङ (कास्की) चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा जमुना गुरुङ (पर्वत), कन्या गुरुङ (कास्की), सन्तोष गुरुङ (कास्की), चन्दा गुरुङ (संखुवासभा), क्षेत्रबहादुर गुरुङ (कास्की), भरतबहादुर गुरुङ (स्याङ्जा), टिकाजीत गुरुङ (कास्की), कुमार गुरुङ (चितवन), लक्ष्मी गुरुङ (स्याङ्जा) र सुर्य गुरुङ (कास्की) चयन भएका छन् ।

त्यस्तै संस्थाको महिला विभाग संयोजकमा भक्ती गुरुङ, सचिव विष्णु गुरुङ र कोषाध्यक्षमा उत्तरा गुरुङ चयन भएका छन् भने कार्य समिति युवा संयोजकमा अस्मि गुरुङ चयन भएको आयोजकले जनाएको छ ।

hk (2)

निवर्तमान अध्यक्ष विजयकुमार गुरुङको अध्यक्षता र नेपाली वाणिज्यदुत सतिस गुरुङको प्रमुख आतिथ्यतामा भएको अधिवेसनमा जिल्ला परिषद् सदस्य अरुणा गुरुङ र संस्थाका संस्थापक अध्यक्ष चन्द्रबहादुर गुरुङ विशिष्ट अतिथिका रुपमा रहेका थिए ।

त्यसैगरी पूर्वअध्यक्षहरु अर्जुन गुरुङ, सुरेश गुरुङ, हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ, आदिवासी जनजाती महासंघ अध्यक्ष टोपराज तामाङ, गैर आवासीय नेपाली महार्सघ, हङकङका अध्यक्ष गोकणर् ढकाल, ग्लोबल गैर आवासीय नेपाली महार्सघ, हङकङका अध्यक्ष पूणर्बहादुर राणा, च्याम्बर्स अफ कमर्श हङकङका अध्यक्ष लवकुमार गुरुङ लगायतका विशेष अतिथिहरु रहेका थिए ।

hk