धरान । धरान खानेपानी व्यवस्थापन बोर्डले चालू आर्थिक वर्षबाट वृद्धि गरिएको भनिएको खानेपानी महसुलमा ११ प्रतिशतदेखि नौ हजार ९०० प्रतिशतसम्म वृद्धि गरेको भनी १० राजनीतिक दलहरूले बुझाएको ज्ञापन–पत्रमा दाबी गरेका छन् । 

राजनीतिक दलहरूले भनेजस्तै गरी बोर्डका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले एकल निर्णयमा नौ हजार ९०० प्रतिशतसम्म वृद्धि गरेको हो त ? भनी ब्लाष्टखबरले फ्याक्ट चेक गरेको छ । बोर्डले वृद्धि गरेको हालसम्मको विभिन्न शुल्कहरूलाई प्रतिशतमा लगी जाँच गर्दा १५ प्रतिशतदेखि ४०० प्रतिशतसम्म मात्रै वृद्धि गरेको पाइएको छ । 

IMG-20240726-WA0002

१० राजनीतिक दलले  शुक्रबार बुझाएको ज्ञापन पत्रको केही अंश । 

१० राजनीतिक दलहरूले शुक्रबार (साउन ११ गते) जारी गरेको ज्ञापन पत्रमा यस्तो उल्लेख छ, “नयाँ धारा जडानमा न्यूनतम ३३ देखि ३०० प्रतिशतसम्म, होल चेन्ज १५० देखि २८० प्रतिशतसम्म, नामसारी मृतकबाट २४०० प्रतिशतदेखि ९९०० प्रतिशतसम्म, मर्मत तथा चेकमा १०० देखि १९०० प्रतिशतसम्म, महसुलमा ११ देखि २०० प्रतिशतसम्म, निवेदन दस्तुरमा ४०० प्रतिशतसम्म शुल्क थप गरिएको छ ।”

नामसारीको हकमा २४ सय प्रतिशतदेखि नौ हजार ९०० प्रतिशत भनिएको छ । विगतमा २०५० रुपैयाँ लिँदै आएको थियो । हाल त्यो बढेर २५५० रुपैयाँ पुगेको छ । यहाँ बढेको मूल्य भनेको ५०० रुपैयाँ हो । यसलाई प्रतिशतमा ढाल्दा २४ दशमलव ३९ प्रतिशत हुन आउँछ । यहाँ पनि राजनीतिक दलहरूले दाबी गरे जस्तो प्रतिशत कहीँ पनि मेल खाँदैन । 

राजनीतिक दलहरूले जारी गरेको ज्ञापन पत्रमा केहीमा सत्यता भए पनि धेरैमा झुट प्रतिशत उल्लेख छ । उदाहरणका लागि नयाँ धारा जडानमा न्यूनतम ३३ प्रतिशतदेखि ३०० प्रतिशतसम्म भनिएको छ । २०७४ देखि २०८० को असार मसान्तसम्म १५ हजार ५० शुल्क लिने गरिएको थियो । हाल बढेर २० हजार ५० रुपैयाँ पुगेको छ । यहाँ बढेको शुल्क पाँच हजार रुपैयाँ हो । यसलाई प्रतिशतमा निकाल्दा ३३ दशमलव २२ प्रतिशत हुन आउँछ । त्यसकारण राजनीतिक दलले जारी गरेको ज्ञापन पत्रमा भनिए जस्तो शुल्क वृद्धि भएको देखिँदैन । 

होल चेन्ज (खानेपानीको पोइन्ट परिवर्तन) मा १५० देखि २८० प्रतिशतसम्म वृद्धि गरिएको उल्लेख छ । यसमा खास वृद्धि भएको मूल्य तीन हजार रुपैयाँ हो । विगतमा दुई हजार ५० रुपैयाँ लिँदै आएकोमा हाल ५ हजार ५० रुपैयाँ पु¥याइएको छ । प्रतिशतमा हेर्दा १४८ दशमलव ७८ प्रतिशत हुन आउँछ । त्यसकारण यसमा पनि राजनीतिक दलहरूले उल्लेख गरेजस्तो देखिँदैन । 

नामसारीको हकमा २४ सय प्रतिशतदेखि नौ हजार ९०० प्रतिशत भनिएको छ । विगतमा २०५० रुपैयाँ लिँदै आएको थियो । हाल त्यो बढेर २५५० रुपैयाँ पुगेको छ । यहाँ बढेको मूल्य भनेको ५०० रुपैयाँ हो । यसलाई प्रतिशतमा ढाल्दा २४ दशमलव ३९ प्रतिशत हुन आउँछ । यहाँ पनि राजनीतिक दलहरूले दाबी गरे जस्तो प्रतिशत कहीँ पनि मेल खाँदैन । 

खानेपानी महसुलमा ११ देखि २०० प्रतिशत भनी राजनीतिक दलले दाबी गरेका छन् । विगतमा न्यूनतम १३० रुपैयाँ लिँदै आएको थियो । अहिले १५० रुपैयाँ पु¥याइएको छ । यहाँ बढेको मूल्य २० रुपैयाँ हो । यसलाई प्रतिशतमा ढाल्दा १५ दशमलव ३८ प्रतिशत हुन आउँछ । निवेदन दस्तुरमा भने राजनीतिक दलहरूले दाबी गरेको ४०० प्रतिशत मेल खान्छ । 

ज्ञापन–पत्र बुझ्ने क्रममा सञ्चारकर्मीलाई बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले भनेका थिए, “यति धेरै प्रतिशत वृद्धि भएजस्तो मलाई लाग्दैन । हिसाबकिताब उहाँहरू (राजनीतिक दलतर्फ इङ्गित गर्दै)लाई नै थाहा होला ।” उनले ब्लाष्टकर्मीसँगको फोनसम्पर्कमा भनेका छन्, “होल चेन्जमा चाहिँ तीन हजार रुपैयाँ बढाइएको छ । त्यसमा हामीलाई घाटा थियो । दिनभरि लाग्थ्यो । जसले पायो, उसैले सडक खनेर होल चेन्ज गर्थे । यसकारण त्यसमा चाहिँ अलिक बढी बढाइएको हो । मृतकको हकमा ५०० रुपैयाँ मात्रै वृद्धि गरेका हौँ ।” 

१० दलमा नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा –एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, सलोराम सङ्घीय लिम्बुवान मञ्च र राष्ट्रिय साझा पार्टी रहेका छन् । यी दलहरूले भनेजस्तो महसुल शुल्क वृद्धि गरेको कुरा सत्य देखिएन । 

स्मरणरहोस् खानेपानी बोर्डका अध्यक्ष एवम् धरान नगरका प्रमुख हर्कराज राईले एकल निर्णयमा गरेको वृद्धिदर चाहिँ कानूनतः वैधानिक छैन ।