गैर-आवासीय नेपाली महासंघ (एनआरएनए) हङकङकाे १९ औं वार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न भएकाे छ ।

एनआरएनए हङकङका अध्यक्ष गाेकर्ण ढकालकाे अध्यक्षता तथा नेपाली महावाणिज्यदूत उदयबहादुर रानाकाे प्रमुख आतिथ्यतामा भएकाे साधारणसभामा हङकङ पुलिसमा कार्यरत निरज गुरुङ, कमला पुन र सुजता पुनलाई दाेसल्ला ओढाएर सम्मान गरिएकाे थियाे ।

Messenger_creation_69c9e81b-9e21-488d-b579-869393f8261b

कार्यक्रममा एनआरएनएका पुर्व आईसिसि सदस्य तथा संरक्षक डासुराम पराजुली, हङकङ नेपाली महासंघ अध्यक्ष रिता गुरुङ, चेम्बर्स अफ कमर्श हङकङका अध्यक्ष लवकुमार गुरुङ, तमु ट्हाे ह्युल हङकङका अध्यक्ष ईश्वर गुरुङ र एनआरएनए हङकङका सल्लाहकार हेजन राईले विभिन्न सल्लाह सुझाव सहित मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा एनआरएनए हङकङका महासचिव डिल्लीराम बिश्वकर्माले सांगठनिक प्रतिवेदन र काेषाध्यक्ष अर्जुन गाैचनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

Messenger_creation_af6bce4e-a800-4ee7-8ca0-1074f28d4036

कार्यक्रममा हङकङकाे याउ चिम माेङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङ, एनआरएनए महिला सचिव राधिका गुरुङ, एनआरएनए हङकङका संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डे लगायतका अतिथिहरु सहभागी थिए ।