गुरुङ समुदायकाे सामाजिक संस्था तमु ट्हाे ह्युल हङकङले नयाँ कार्य समितिलाई स्वागत र पुरानाे समितिलाई विदाई गरेकाे छ । 

आईतबार हङकङकाे जाेर्डन स्थित ईन्डिया क्लबमा आयाेजीत कार्यक्रममा स्वागत तथा विदाई सहित ११ औं कार्य समितिलाई हिसाब तथा कागजात बुझाईएकाे छ ।

IMG_20240811_230856

संस्थाका उपाध्यक्ष रमण गुरुङको सभापतित्व र संस्थापक अध्यक्ष क्याप्टेन चन्द्रबहादुर गुरुङको प्रमुअ आतिथ्यतामा भएकाे कार्यक्रममा संरक्षकहरु अर्जुन गुरुङ, सुरेश गुरुङ, मति गुरुङ, हङकङ नेपाली महासंघ अध्यक्ष रिता गुरुङ, एनआरएनए आईसिसि महिला सचिव टीका गुरुङ, जिल्ला परिषद सदस्य अरुणा गुरुङ लगायतका अतिथिहरुकाे उपस्थिति रहेकाे थियाे ।