हङकङमा रहेर लामाे समयदेखि पत्रकारिता मार्फत समाजमा याेगदान पुर्याएका पत्रकार जगत अम्बु गुरुङलाई नेपाली आदिवासी वर्ष पुरुषकाे उपाधी प्रदान गरिएकाे छ ।

नेपाल आदिवासी जनजाती महासंघ हङकङले विश्व आदिवासी दिवसकाे अवसरमा आईतबार आयाेजना गरेकाे भव्य कार्यक्रममा पत्रकार तथा समाजसेवी गुरुङलाई वर्ष पुरुषकाे उपाधी प्रदान गरेर सम्मान गरिएकाे हाे । एचके नेपाल डटकम लगायत हङकङ र नेपालका विभिन्न सञ्चार माध्यममा आदिवासी जनजाती महासंघका गतिविधिहरुकाे समाचार तथा फाेटाे र भिडियाे सम्प्रेषण गर्दै आएका गुरुङलाई भव्य कार्यक्रमका बीच वर्ष पुरुषकाे सम्मान प्रदान गरिएकाे थियाे ।

कार्यक्रममा बिनु थापा मगरलाई वर्ष नारीकाे उपाधीले सम्मान गरियाे ।

Messenger_creation_5cccdbb8-dd98-48f4-98a7-71db76d2f69b

दुवै जनालाई कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्यदूत उदयबहादुर राना, नेपाल आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष टाेपबहादुर तामाङ लगायत विशेष अतिथिहरुले सम्मानपत्र प्रदान गर्दै खदा र फेटा लगाईदिएका थिए । 

 विभिन्न क्षेत्रमा रहेर आदिवासी जनजाती समुदायकाे हितका लागि काम गरिरहेका व्यक्तित्वहरुलाई वर्ष पुरुष र वर्ष नारीकाे उपाधी प्रदान गरिएकाे महासंघका अध्यक्ष तामाङले बताए ।

Messenger_creation_6f5c35ae-1414-4dda-bccf-353d1e8c27c6

कार्यक्रममा महासंघका संरक्षक, पुर्व अध्यक्ष, सल्लाहकार तथा विभिन्न संस्थाका प्रतिनिधि तथा समाजसेवीहरु सहभागी थिए ।