धरान(ब्लाष्ट) क्यानडाको ओट्टावास्थित नेपाली राजदूतावासले आगामी शैक्षिक सत्रलाई ख्याल गरी क्यानडा आउने विद्यार्थीहरुले विभिन्न सुझावहरुका आधारमा मात्र आफ्नो तयारी गर्न सुझाव दिएको छ । 

दूतावासले अवास्तविक, अपर्याप्त र अतिरञ्जित प्रचार प्रसारमा मात्र भर परेर आउँदा विद्यार्थीहरुले विभिन्न समस्याहरु वेहोर्नु परेकोले आफूले अध्ययन गर्ने कलेज,अध्ययन गर्ने विषय , लाग्ने खर्च, कलेज रहेको शहरका विषयमा पर्याप्त खोजी गरी बुझेर आउ“दा वेहोर्नु पर्ने समस्या कम हुने सुझाव दिएको छ । 


जाने वित्तिकै रोजगारी पाईन्छ भन्ने भ्रममा परी विगतमा विद्यार्थीहरुले समस्या वेहोर्नु परेको बताउ“दै छोराछोरीको बस्नेखाने, अध्ययन र आवास खर्चको यथोचित प्रवन्ध गरेर पठाउनु पर्ने अभिभावकहरुलाई पनि सुझाव दिएको छ । 

विश्वभरिबाटै विद्यार्थीहरु आउने क्रम बढेस“गै डेरा र रोजगारी पाउन कठिनाई रहेको कुरा पनि दूतावासले उल्लेख गर्दै आउनु भन्दा अगाडि नै डेरा प्रवन्ध भए नभएको यकिन गरेर आउन सुझाव दिएको छ ।