धरान । सुनसरीको धरान उपमहानगरपालिका ३ माछाभौडीभन्दा केही मास्तिर बहिनी ज्वाइँले मंगलबार चक्कु प्रहार गर्दा जेठीसासुको छोरीको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जेठीसासुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको छोरीको पनि उपचारकै क्रममा निधन भएको हो । चक्कु प्रहार गर्ने बहिनी ज्वाइँ संखुवासभा खाँदबारी नगरपालिकाका बबिन बराललाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

आरोपित बरालले प्रहार गरेको धारिलो हतियारका कारण जेठीसासु सिर्जना शाही (राई) घाइते भएकी छन् भने १४ वर्षीया छोरी युजिना शाहीको मृत्यु भएको हो । बबिन भने काठमाडौँमा डेरा गरी बस्दै आएका थिए । स्थानीयवासीका अनुसार सुरुमा सिर्जना र उनका श्रीमान्बीच विवादको बीजारोपण भएको थियो । उक्त विवादकै कारण घटना हुन पुगेको हो ।